Deneme Bonusu Veren Siteler
शुक्रबार, भाद्र २८, २०८१
Friday, September 13, 2024
बर्दिया- कब्जा गरिएका घर जग्गा फिर्ता गर्ने निर्णयको विरोध गर्दै प्रदर्शनमा उत्रिएका वैद्य पक्षधर माओवादी कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
बर्दियामा बिना विकल्प कब्जा सम्पक्ति फिर्ता गर्न सुरु गरिएको भन्दै विरोधमा उत्रिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौ-थारुवान गणतान्त्रिक मञ्चले आयोजना गरेको कोणसभामा सहभागी हुँदै गरेका उनीहरुलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर महाराजगञ्ज २ नम्बर गणमा राखिएको छ ।
पक्राउ पर्नेमा अखिल नेपाल जनकलाकार संघका अध्यक्ष मोहलाल चन्द, मजदुर संगठनका योगेन्द्र कुमाल, कमल निओल, शालिक काफ्ले, बद्री चापागाई, राजु कार्की, लगायत ८० जना रहेका छन् ।
बिना विकल्प जग्गा फिर्ता गरिएको भन्दै विरोध जुलुससहित कोण सभा गर्ने उद्देश्यका साथ समन्वय समितिको मातहातमा रहेका किसानहरुले प्रदर्शन गरेका हुन् ।
भूमिहीनहरुको वैकल्पिक व्यवस्था बिना नै कब्जा जग्गा फिर्ता गर्न सुरु गरिएपछि उनीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
तपाईको प्रतिक्रिया