Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं-नेपाल र भारतबीच दोहोरो कर नलाग्नेसम्बन्धी सम्झौता डीटीएए मा आइतबार हस्ताक्षर भएको छ ।

यो सम्झौतापछि एक देशमा आयकर बुझाएपछि अर्को देशमा उक्त रकम बराबरको कर तिर्नुपर्ने छैन । सम्झौतामा अर्थमन्त्री वर्षमान पुन र उनका भारतीय समकक्षी प्रणव मुखर्जीले प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आइतबार हस्ताक्षर गरेका छन् ।
एकदिने भ्रमणका लागि बिहान ११ बजे काठमाडौं आएका भारतीय अर्थमन्त्री मुखर्जी विमानस्थलबाट सीधै अर्थ मन्त्रालय पुगेका थिए ।
करिब एक महिनाअघि प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भ्रमणमै हस्ताक्षर हुने तय भए पनि मन्त्रिपरिषद्बाट केही बुँदा थपेर पारित गर्नुपर्ने भएकाले यो सम्झौता रोकिएको थियो ।
सम्झौतामा हस्ताक्षरपछि सन् १९८७ मा भएको पुरानो सम्झौता प्रतिस्थापन भएको छ । मन्त्रिपरिषद्ले करिब दुई साताअघि दुई बुँदा थपेर पारित गरेपछि हस्ताक्षरका लागि मस्यौदा तयार भएको हो ।
सम्झौतापछिका फाइदाहरु
– विद्यार्थीले पाउने छात्रवृत्ति, अनुसन्धान शोध आदिका लागि पाउने भत्तामा छ वर्षसम्म आयकर नलाग्ने व्यवस्था ।
– एकअर्का देशका करदाताको सूचना आदानप्रदान गर्ने व्यवस्था  ।
– करदाताको सूचना ‘एकअर्को देशले अन्य प्रयोजनका लागि पनि उपयोग गर्न सकिने’ प्रावधान ।
– नेपालमा कर छली गरेर भारत जानेलाई पनि कारबाही गर्न सकिने व्यवस्था ।
तपाईको प्रतिक्रिया