Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025
काठमाडौ– उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले प्रहरीको सरुवा र बढुवामा आफूले एक रुपैया पनि लिएको प्रमाणित गरे पदबाट राजिनामा दिने चुनौति दिएका छन् ।
हिमालय टेलिभिजनमा शनिवार राती ९ बजेर ५ मिनेटमा प्रशारण हुने दि आरडी सोकालागी ऋषि धमलालाई अन्र्तवार्ता दिदै गच्छदारले प्रहरी उपरिक्षकसम्मको सरुवाको अधिकार प्रहरी महानिरिक्षकको भएकोले आफ्नो त्यसमा कुनै हात नहुने दावी गरे ।
अन्र्तवार्ताको क्रममा उनले सभासद बालकृष्ण ढुङगेललाई माफी दिने प्रक्रिया तत्कालिन प्रधानमन्त्री झलनाथ खनालकै पालामा अगाडि बढेकोले अहिलेको सरकारलाई दोष दिएर कोही पनि उम्किन नसक्नेदावी गर्दै सर्वोच्चको पछिल्लो आदेश पछि गृहमन्त्रालय उनलाई कानूनको दायरामा ल्याउन प्रतिबद्ध रहेको बताए ।
उनले भने-प्रहरीले सर्वोच्चको आदेश कार्यान्वयन गर्छ । माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीले दवाव दिए पनि गृहमन्त्रालयले मान्दैन । उनले मधेसका अपराधी समूहलाई सरकारले अब नछाड्ने चेतावनी दिदै शान्ति सुरक्षाको अवस्था सुध्रीएको दावी गरे ।
अहिलेको सरकारको विकल्प नरहेको भन्दै उनले काँग्रेस र एमाले पनि यहि सरकारमा आउनु पर्ने धारणा राखे । उनले भने-यो सरकारले मात्रै शान्ति र संविधान निष्कर्समा पुर्याउन सक्छ । त्यसैले यसको विकल्प छैन ।
गच्छदारले तीन ठूला दल र मधेसी मोर्चा मिलेर भावी प्रधानमन्त्रीको साझा उम्मेद्वारमा सहमति नगरेसम्म प्रधानमन्त्री डा. बाबुराम भट्टराई कुनै पनि हालतमा राजिनामा नदिने स्पष्ट पारे ।
१० हजार मधेसी यूवालाई नेपाली सेनामा समूहगत प्रवेश गराउने प्रक्रिया सुरु भईसकेको छिट्टै प्रवेश हुने बताए । उनले मधेसीसँग गरेको सम्झौता सहित सबै सहमतिहरु कार्यान्वयन हुने ठोकुवा गर्दै यो सरकार पछि हुने निर्वाचनबाट मधेसी दलको नेतृत्वमा नयाँ सरकार बन्ने दावी गरे ।  गच्छदारले मधेसबादी दलहरु एक भएर चुनावी तालमेल गरेर चुनावमा जाने योजनामा रहेको खुलासा समेत अन्र्तवार्ताको क्रममा गरे ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया