Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
विराटनगर- तराई मधेश लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष एवं सिचाई मन्त्री महेन्द्रप्रसाद यादवले बर्तमान सरकारले शान्ति प्रकृया टुंगो लगाई संविधान निर्माण गरेरै छाड्ने ठोकुवा गर्नुभयो ।
पार्टीको मोरङ जिल्ला समितिले शनिबार विराटनगरमा गरेको विशाल आमसभामा वोल्दै मन्त्री यादवले जनयुद्ध र जनविद्रोहवाट आएका शक्तिहरुको अग्रगामी गठबन्धनको वर्तमान सरकार भएकोले यो सरकारले नै शान्ति र संविधान निर्माण गर्ने बताउनुभएको हो ।
वर्तमान सरकारको राजीनामा माग्ने एमाले र नेपाली कांग्रेस शान्ति र संविधान विरोधी भएको बताउंदै उहांले सरकार ढाल्ने प्रयास कसैवाट भए ति शक्तिहरुलाई जनताले समाप्त पार्दिने दावी गर्नुभयो । उहांले संविधानसभाको थपिने ६ महिना भित्र शान्ति प्रकृया टुंगो लगाई संविधान निर्माण भइसक्ने समेत उल्लेख गर्नुभयो ।
चार बुंदेको विरोध गर्ने पार्टीहरु वर्तमान सरकारसंग सातबुंदे सहमती गरी शान्ति प्रकृया टुंगो लगाउन सेना समायोजनको प्रकृया सुरु भइसकेको र राज्य पुर्नसंरचना आयोग बनेसंगै बर्तमान सरकारको विकल्प खोज्न नमिल्ने जिकिर गर्नुभयो ।
तपाईको प्रतिक्रिया