Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
बर्दिया- बर्दियामा माओवादीले फिर्ता गरेको विनयध्वज चन्दको जग्गा फेरि कब्जा गरेका छन् ।
बर्दिया जिल्लामा बनेको सहजीकरण समिति, राजापुर क्षेत्रअन्तर्गत विभिन्न गाविसमा कब्जा भएका जग्गाका जग्गाधनी र किसानहरुको सहभागितामा शुक्रबार चन्दको ४५ विगाह जग्गा फिर्ताको घोषणा गरिएको थियो ।
तर, फिर्ता जग्गामा झण्डा गाडेर माओवादी उपाध्यक्ष वैद्य समूहका स्थानीय कार्यकर्ताले कब्जाको घोषणा गरेका छन् ।
फिर्ता जग्गा कब्जाको बारेमा राजापुरमा सहजीकरण समिति, माओवादी कार्यकर्ता किसान र जग्गाधनीहरुबीच फेरि छलफलको तयारी भइरहेको छ ।
बर्दियामा द्वन्द्वको समयमा १६ सय विगाहभन्दा बढी जग्गा माओवादीले कब्जामा लिएको थियो । कब्जा जग्गा फिर्ताको माग गर्दै जिल्ला प्रशासनमा साढे दुई सय निवेदन परेका छन् ।
तपाईको प्रतिक्रिया