Deneme Bonusu Veren Siteler
सोमबार, साउन ०७, २०८१
Monday, July 22, 2024
काठमाडौं- भारतीय विदेश सचिव रञ्जन मथाइ नेपालको तीनदिने भ्रमणको लागि शनिबार नेपाल आउँदै छन् ।
आइतबारदेखि सुरु हुने भारतीय विदेशमन्त्री प्रणव मुखर्जीको भ्रमणका एजेन्डा तय गर्न मथाइ नेपाल आउन लागेका हुन् । स्रोतका अनुसार आइतबार नै दुई मुलुकबीच दोहोरो कर हटाउने विषयमा सम्झौता हुने छ ।
मुखर्जीलाई भेटेर अर्थमन्त्री वर्षमान पुन आइतबारै दक्षिण कोरिया जाँदैछन् ।
यसैबीच कायममुकायम परराष्ट्र सचिव दुर्गाप्रसाद भटराई चीन भ्रमणमा रहेकाले निमित्त सचिव धनञ्जय झासँग भारतीय विदेश सचिवले भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया