Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- नेपाली कांग्रेसले संविधानसभाको म्याद थपबारे शनिबार औपचारिक निर्णय गर्दैछ ।
केन्द्रीय समितिको बैठकले संसदीय दललाई अधिकार दिएपछि शनिबार औपचारिक निर्णय गर्न लागिएको हो । वरिष्ठ नेता शेरबहादुर देउवाले समितिको वैठक बहिष्कार गरेपछि बसेको संस्थापन पक्षको बैठकले यस्तो निर्णय गरेको हो ।
कांग्रेस तीन महिना संविधानसभाको म्याद थपको पक्षमा छ । तर सर्वोच्च अदालतले फेरि नथप्नेगरी म्याद थप गर्न आदेश दिएपछि तीन महिनाभन्दा बढी थप्नुपर्ने दबाब कांग्रेसमाथि छ ।
केन्द्रीय समितिको बैठकमा सहभागी अधिकांश सदस्यहरुले संविधानसभाको म्याद तीन महिना थप्नु पर्नेमा जोड दिएका थिए ।
तपाईको प्रतिक्रिया