विराटनगर- धनकुटाको मुलघाट स्थित तमोर नदीमा नुहाउने क्रममा शुक्रबार दिउँसो एक यातायात मजदुर डुबेर बेपत्ता भएका छन् ।
सुनसरीको खनारका २२ वर्षीय उमेश भुजेल नदीमा डुबेर बेपत्ता भएका हुन् । इटहरीवाट बनभोज खाने टोली लिएर गएको को १ ख ३२१७ नंम्बरको बसमा सहचालक रहेका भुजेल नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका पूर्व क्षेत्रीयप्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
बेपत्ता भुजेलको खोजी भइरहेको भएपनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।