बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024
बर्दिया- जग्गा फिर्ताका लागि बर्दियामा बनेको सहजिकरण समितिले काम थालेको छ । सहजिकरण समितिको हिजो बसेको बैठकको निर्णय अनुसार काम थालिएको समितिका सदस्यहरुले बताएका छन ।
बैठकमा भएको निर्णय अनुसार सहजिकरण समिति, जग्गाधनी र कब्जा कर्ताबीचको छलफलका आधारमा जग्गा फिर्ता हुनेछ । समितिले बर्दियाको मैनापोखर र सोरहवा पुगेर जग्गा फिर्ताको पहल गरेको छ ।
समितिले आज बर्दिया राजपुर क्षेत्रमा पुगेर जग्गा फिर्ता गर्ने काम थाल्ने समितिका सदस्य एवं माओवादी बर्दिया जिल्ला सेक्रेटरी हिमालले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले आज काँग्रेस नेता विनयध्वज चन्दको जग्गा फिर्ताका लागि जग्गाधनी र कब्जा कर्ताबीच छलफल गर्दैछ ।
मुख्य तीन दलका शीर्ष नेताहरु बर्दिया पुगेर सहजिकरण समिति बनाएपछि समितिले काम थालेको हो । समितिमा माओवादीबाट सेक्रेटरी हिमाल र कवीर, नेपाली काँग्रेसबाट जिल्ला सभापति सञ्जय गौतम र तेजबहादुर भाट तथा एमालेबाट देव राना र शालिकराम अधिकारी रहेका छन ।
तपाईको प्रतिक्रिया