Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024
काठमाडौं– नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सरकारले शान्ति र संविधान निमार्णको कामलाई अगाडि बढाउन नसकेको आरोप लगाउनुभएको छ । नेपाल लोकतान्त्रिक मगर संघको पाचौ स्थापना दिवसको अवसरमा राजधानीमा बोल्दै खनालले सरकारले दलहरुबीच सहमति भएको समय तालिका अनुसार प्रभावकारी रुपमा काम अगाडि बढाउन नसकेको टिप्णी गर्नुभयो ।
खनालले मंसीर ७ गते भित्र गर्ने भनिएको काम सम्पन्न नभएको र दलहरुबिच भएको सहमति कार्यन्वयन गर्न सरकार र माओवादीले नलागेको आरोप लगाउनु भयो ।  एमाले उपाध्यक्ष अशोक राईले सुरक्षित नभएका जनजातिका अधिकारहरुको संरक्षणको लागि सबै जनजातिहरु एक हुनुपर्ने बताउनुभयो । कार्यक्रममा जनजाति नेताहरुले जातीय र भाषिक अधिकारको ग्यारेन्टी नभए सडक आन्दोलन थाल्ने चेतावनी दिएका थिए ।
तपाईको प्रतिक्रिया