Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- मस्तिष्काघात भएपछि दुई साताअघि नर्भिक इन्टरनेसनल हस्पिटलमा भर्ना गरिएका अर्थविद् विश्वम्भर प्याकुरेलको स्वास्थ्यमा चामत्कारिक परिवर्तन भएको छ ।
अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएका प्याकुरेलका धेरै अंगले काम गर्न थालेका छन् । मृगौला, कलेजो र मुटुले काम गर्न छाडिसकेका उनको सवै अंगले कान गर्न थालेको डा. जेपी जैसवालले जानकारी दिनुभयो ।
डाक्टरलेसमेत माया मारिसकेका उनको स्वास्थ्य स्थितिबारे २४ घन्टासम्म केही भन्न नसकिने सोही दिन अस्पतालले भनेको थियो । उनलाई पहिलेदेखि मुटुको समस्या थियो । करिब डेढ वर्षअघि उनको एन्जियोप्लास्टी गरेर मुटुमा स्टेन्ट प्रत्यारोपणसमेत गरिएको थियो ।
प्याकुरेललाई अहिले भेन्टिलेटरबाट निकालिएको छ । अहिले उनी बोल्न र कुर्सीमा बस्न सक्ने भएका छन् । उनको उपचारका लागि भारतबाट चिकित्सक टोली नेपाल आएको थियो ।
तपाईको प्रतिक्रिया