Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
सङ्खुवासभा- जिल्लाको मादीराम्बेनी गाविसका एक शिक्षकले महिलामाथि गरेको यौन दुर्व्यवहारको घटना बुधबार पीडित पक्षलाई एक लाख रुपैयाँ दिएर मिलाइएको छ ।
मादिराम्बेनी-८ स्थित भगवती निम्न माध्यमिक विद्यालयका शिक्षक प्रेमकुमार बस्नेतले स्थानीय एक महिलालाई गरेको यौन दुर्व्यवहारको घटना पैसामा मिलाइएको हो । एक स्थानीय बासिन्दाका अनुसार प्रहरीमा पुगेको मुद्दा पनि पैसा दिएर सामान्यरुपमा मिलापत्र गरिएको हो ।
पीडित पक्षले गत शुक्रबार चैनपुर इलाका प्रहरी कार्यालयमा दोषीलाई कारवाहीको माग गर्दै जाहेरी दिए पनि आर्थिक लेनदेनपछि जाहेरी फिर्ता लिइएको छ । महिलाको इज्जतमाथिनै प्रश्नचिह्न खडा हुने भन्दै पीडित पक्षले पीडकसँग पैसा लिएर घटना साम्य बनाएको हो । यो घटनाका बारेमा इप्रका चैनपुरमा स्थानीय महिला अधिकारकर्मीलगायतको रोहवरमा दुई दिनसम्म छलफल भएको थियो ।
छलफल भए पनि पीडकलाई कारवाहीको साटो पटके कागज गराएर आर्थिक लेनदेन पछि मुद्दाको मिलापत्र गरिएको महिला अधिकारकर्मी बबिता पौडेलले बताइन् । ‘प्रहरीसम्म आइपुगेका कतिपय घटना पैसा पाएपछि पीडित निस्त्रिmय भएर मुद्दा फिर्ता लिने र कतिपय घटना प्रहरीमै नआइकन गाउँमा नै मिलाउने गरिएबाट पीडकले कानुनी कारवाहीबाट उन्मुक्ति पाउने गरेका छन्’, इलाका प्रहरी कार्यालय चैनपुरका एक प्रहरी अधिकृतले भने ।
तपाईको प्रतिक्रिया