शुक्रबार, मंसिर १५, २०८०
Friday, December 1, 2023
पाँचथर- ताप्लेजुङ सदरमुकामा फुङलिङबाट पाँचथरको फिदिम आउँदै गरेको मोटरसाइकल बिहीबार राति दुर्घटना हुँदा दुई पत्रकार घाइते भएका छन् ।
दुर्घटनामा प्रेस युनियनका केन्द्रीय कोषाध्यक्ष ईश्वरी ओझा र कान्तिपुर दैनिकका संवाददाता लवदेव ढुंगाना घाइते भएको प्रहरी निरीक्षक भीमप्रसाद दाहालले जानकारी दिनुभयो ।
ढुंगानाले चलाएको मे २ प २६७७ नम्वरको मोटरसाइकल पाँचथरको भारपा- ८ मा अनियन्त्रित भई दुर्घटना भएको दाहालले जानकारी दिनुभयो । दुवै पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया