Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- भ्रातृ संस्था विघटनपछि समस्या समाधानमा सभापति सुशील कोइराला गम्भीर नभएको भन्दै नेता शेरबहादुर देउवा पक्षधरले शुक्रबार पनि केन्द्रीय समिति बैठक बहिष्कार गर्ने निर्णय गरेका छन् ।
बुधबारको बैठक पनि बहिष्कार गरेको देउवा समूहले शुक्रबार पनि केन्द्रीय समिति बैठक बहिष्कार गर्ने निर्णय गरेको केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिनुभयो ।
देउवा समूहले बैठक बहिष्कार गरेपछि बुधबारको बैठकमा कोरम पुर्‍याउन कोइरालालाई कठीन भएको थियो । अन्तिममा बाहिर रहेका आफू निकट केन्द्रीय सदस्यलाई बोलाएर ७ घण्टा ढिलो बैठक सुरु भएको थियो ।
यसैबीच एमाले केन्द्रीय कमिटी बैठक पनि बस्दैछ । बैठकमा अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया