Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- सात बुँदे सहमतिमा मंसिर ७ गतेभित्र कब्जा घरजग्गा फिर्ता गर्ने सहमतिलाई उपाध्यक्ष मोहन वैद्यले कार्यान्वयन गर्न दिएनन् ।
सहमति कार्यान्वयन गर्न बिहीबार बसेको तीन दलको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कब्जा जग्गा शुक्रबारदेखि फिर्ता गर्ने दोस्रोपटक घोषणा गरे ।
फेरि वैद्य पक्षको अवरोधले सम्पत्ति फिर्ता हुन सकेको छैन । तीन दलको बैठकमा अध्यक्ष दाहालले जग्गा फिर्तामा पनि सकारात्मक विकास भएको उल्लेख गर्दै बर्दियाबाट सुरु हुने बताएका थिए ।
बैठकमा सहभागी कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलका अनुसार यसमा कुनै प्रगति नभएको प्रश्न उठेपछि दाहालले जवाफ दिएका थिए ।
जग्गा फिर्ताका लागि दुई दिनअघि अध्यक्ष दाहाल, एमाले उपाध्यक्ष वामदेव गौतम र कांग्रेस महामन्त्री कृष्ण सिटौला बर्दिया गएका थिए ।
तपाईको प्रतिक्रिया