Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
सोलुखुम्बु- संस्कृति, संघिय मामिला, संविधान सभा तथा राज्यपुनः संरचना मन्त्रि गोपाल किराँतीले प्रतिपक्षिहरुले सविधानसभाको म्याद थपको प्रस्तावमा अडको थापे बर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराई राजिनामा दिन तयार रहेको घोषणा गरेका छन् ।
रिपोर्टर्स क्लब नेपाल सोलुखुम्बु शाखाले आज सदरमुकाम सल्लेरीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री किराँतीले राजिनामा कै कुराले सबै कुरा अडि्कन्छ भने राजिनामा दिएर फेरी भट्टराई नेतृत्वले नै बहुमतको लागि मंसिर १४ पछि संसदमा विश्वासको मत लिन जाने बताए ।
बुधवार पार्टी महासचिव रामबहादुर थापा बादलले महाधिबेशन अगाडी नै पार्टी फुट्ने संकेत गरिरहेका बेला मन्त्री किराँतीले पार्टी बाट चोईटेर जानेहरुलाई ससम्मान ‘लाल सलाम’ गरेर विदाइ बताए ।
उनले भने- निश्चित समय पछि छाडा बोल्दै हिड्नेहरुमाथि ए्याक्सन लिईन्छ ।
मन्त्रि किरातीले कब्जा सम्पति फिर्ताको काममा सरकार दृढ रुपमा लाग्ने बताउँदै बैद्य समुहको प्रतिबादले अन्यायपूर्ण ढंगले कब्जा गरिएका सम्पत्ति फिर्ता गर्न कुनै असर नगर्ने समेत जिकिर गरे ।
एक अर्को प्रसंगमा मन्त्री किराँतीले संविधान सभाको म्याद अन्तिम पटक थप्न लागिएको बताउँदै थपिएको समय भित्र संविधान जारी गरेरै छाड्ने ठोकुवा गरे ।
अब बन्ने संविधानले प्रत्येक १८ बर्ष पुगेका नेपालीलाई अनिबार्य तीन बर्षे सैनिक तालिम दिनु पर्ने भन्दै आत्म सुरक्षाका लागि संभव भए हतियार समेत दिँदा फरक नपर्ने धारणा राखे ।
बालकृष्ण ढुङ्गेललाई माफी नदिन सर्वोच्चले आदेश दियो नि त ? भन्ने सन्चारकर्मीको जिज्ञासमा मन्त्री किराँतीले महान्यायधिबक्तासँग परामर्स गरेर सरकारले आवश्यक कदम चाल्ने प्रतिक्रिया दिए ।
सरकारका मन्त्रिले घुष लिएको सम्बन्धि जिज्ञासामा मन्त्री किराँतीले त्यसलाई आफुले डिफेन्स लिन नसक्ने भन्दै घुष लिनेलाई सिधै झुण्ड्याउने व्यवस्था आवश्यक रहेको विचार ब्यक्त गरे ।
तपाईको प्रतिक्रिया