Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – नेपाल जापान युथ क्लवको आयोजनामा यही नोभेम्बर २७ तारिख आइतबारका दिन टोकियोमा “दोश्रो नेपाल फेडेरेशन रनिङ कप २०११” फूटबल टूर्नामेन्ट हुने भएको छ । केइक्यु कुको लाइन (आनामोरी इनारी स्टेशनबाट ५ मिनेट मात्र) स्थित टोकियो बे फुटसल क्लबको मैदानमा अपरान्ह १२ बजेदेखि सुरु हुने खेलमा ७ वटा टिमबीच प्रतिस्पर्धा हुनेछ । विभिन्न देशका नागरिक सहभागी उक्त टिमहरुमा नेपालीको बाहुल्यता रहेको छ ।

Football for Unity नारा दिइएको उक्त टुर्नामेन्टमा सहभागी हुने टिमहरुमा कावासाकी युनाइटेड, मनाङ युनाइटेड, नेपाल युनाइडेट, आयोमा युनाइटेड, वी फर अल एफसी, कावासाकी ‘बी’ रहेका छन् ।

उक्त फुटबल प्रतियोगिता हेरेर खेलाडिहरुलाई हौसला बढाइदिनको लागि आयोजकले सम्पूर्ण जापानबासी नेपालीहरुलाई हार्दिक निमन्त्रण गरेका छन् ।

बिस्तृत जानकारीका लागि निम्न ब्यक्तिहरुलाई सम्पर्क गर्न सकिने जनाईएको छ ।

लेनिन भट्टचन ०८०-६५८६-५००३

तासी लामा ०८०-३१७८-२७८२

प्रकाश गुरुङ ०९०-९८३१-००६१

सौगात गुरुङ ०९०-९८४१-९६९७

सुमन गौचन ०८०-३०४३-७०६५

 

तपाईको प्रतिक्रिया