बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
काठमाडौं- थरुहट तराई पार्टी नेपाल, नेपाल देशभक्त पार्टी, तमुवान राष्ट्रिय परिषद्, राष्ट्रिय तामाङ एकता मञ्च, खसान राष्ट्रिय परिषद्, नेपाल देशभक्त राष्ट्रिय युवा बल र संयुक्त आदिवासी सङ्घर्ष समितिले संयुक्त रूपमा आहृवान गरेको बन्दको प्रभाव राजधानीमा परेन ।
राजधानीमा सुरक्षा व्यवस्था कडा तथा प्रहरीले बन्दकर्ताहरूलाई प्रक्राउ गरेपछि बन्दको प्रभाव नपरेको प्रहरी जनाएको छ । बन्दकर्ताहरूले राजधानीमा आˆनो बलियो पकड नभएका कारण बन्द असफल भएको स्वीकारेका छन् ।
राजधानीमा यातायात, बजार, कलखाना, शिक्षण संस्थानहरू सामान्य अवस्थामा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । शान्ति र संविधानप्रति सरकारलाई गम्भीर गराउन भन्दै ती सङ्घसंस्थाले आज राजधानीलगायत तराई बन्दको आहृवान गरेका थिए ।
हिजो साँझ रत्नपार्कस्थित शान्तिवाटिकामा आयोजना गरेको कोणसभामा प्रहरीले हस्तक्षेप गरी बन्दकर्ताहरूलाई पक्राउ गरेको थियो । तर, तराईका जिल्लाहरूमा बन्दको प्रभाव परेको बताइएको छ ।

तपाईको प्रतिक्रिया