Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारको ३ नं. प्रवेशद्वारमा धर्नामा बसेका सहिद परिवार तथा जनआन्दोलनका घाइतेले प्रधानमन्त्रीको आगमनमा अवरोध पुर्‍याउने प्रयास गरे ।
सरकारले सहिद परिवार तथा जनआन्दोलनका घाइतेसँग विगतमा पटकपटक गरेको सहमति कार्यान्वयन गर्नुपर्ने, सहिद घोषणा तथा घाइतेको उचित व्यवस्थापन गर्न आयोग गठन गर्नुपर्नेलगायतका मागसहित आज बिहान ८:०० देखि ९:०० बजेसम्म धर्नामा बसेका घाइते तथा सहिद परिवारले प्रधानमन्त्री चढेको गाडीलाई करिब १० मिनेट रोकेर अवरोध पुर्‍याएका हुन् ।
प्रधानमन्त्रीको आगमनमा अवरोध पुर्‍याउने १० आन्दोलनकारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।
सहिद प्रतीक स्मृति केन्द्र नेपालका अध्यक्ष जेवी धौलाकोटीले विभिन्न जनआन्दोलनका घाइतेलाई स्वदेश तथा विदेशमा लैजान सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्नुपर्ने र परिवारविहीन भएकाहरूलाई पुनःस्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ ।
ऐतिहासिक जनआन्दोलन २०६२/०६३ सहिद परिवार तथा घाइते सरोकार समितिका अध्यक्ष मेघराज आचार्यले आˆना मागहरू पूरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिनुभएको छ ।
तपाईको प्रतिक्रिया