Deneme Bonusu Veren Siteler
बुधबार, साउन ०९, २०८१
Wednesday, July 24, 2024
काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा निकट केन्द्रीय सदस्यहरूले पार्टीको आजदेखि हुने केन्द्रीय समितिको बैठक बहिष्कार गरेका छन् ।
बुधबार बिहान बुढानिलकण्ठस्थित देउवा निवासमा भएको छलफलमा देउवा पक्षका केन्द्रीय सदस्यहरूले केन्द्रीय समितिको बैठक अघि पार्टीका भ्रातृ संस्था विघटन सम्बन्धमा उत्पन्न विवादलाई समाधान गर्नुपर्ने र विघटनको विषयलाई लिएर पार्टीभित्रका असन्तुष्ट पक्षका माग समेट्नुपर्ने भन्दै बुधबारको बैठक बहिष्कार गरेका हुन् ।
सो विषयमा मङ्गलबार नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग भएको छलफलमा भ्रातृ संस्था विघटनका सम्बन्धमा देखिएका विवादको सम्बोधन नगरिएको, असन्तुष्ट पक्षलाई सँगै बस्ने वातावरण नबनाएको र वरिष्ठ नेता देउवाको राजीनामा प्रकरणलाई स्पष्ट सम्बोधन गर्न नसकेको कारण दर्शाएर बहिष्कार गर्न लागेको देउवापक्षधर केन्द्रीय सदस्य किशोरसिंह राठौरले बताउनुभयो ।
बैठकमा देउवा पक्षका नेताहरू विमलेन्द्र निधि, राजेन्द्रबहादुर कार्की, पूर्णबहादुर खड्का, खुमबहादुर खड्का, महेन्द्र यादव, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपानेलगायतका नेता सहभागी हुनुहुन्थ्यो ।
तपाईको प्रतिक्रिया