Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुधबारदेखि सुरु हुँदैछ ।
संविधान सभाको म्याद, शासकीय स्वरुप र निर्वाचन प्रणाली लगायत समसामयिक राजनीतिक अवस्थाका बारेमा निर्णय लिन बैठक बस्न लागेको हो ।
पार्टी कार्यालय बल्खुमा बिहान ११ बजे बस्ने बैठकले संविधानसभाको म्याद थप र मंसिर १४ पछि पार्टीको रणनीति र भूमिका लगायतका विषयमा साझा धारणा तय गर्ने केन्द्रीय सदस्य देवराज भारले जानकारी दिनुभयो ।
बैठकमा केन्द्रीय कमिटीमा मनोनयन, राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक लगायतका विषयमा पनि  छलफल हुनेछ । यसैबीच नेपाली कांग्रेसमा भने देउवा पक्षले केन्द्रीय कार्य समिति बैठक बहिष्कार गर्ने घोषणा गरेपछि बुधबार बस्ने तय भएको केन्द्रीय कार्य समिति बैठक अन्यौलमा परेको छ ।
समसामयिक राजनीतिक अवस्था, संविधानसभाको म्याद, सात बुँदे सहमतिको कार्यान्वयन लगायतका विषयमा  छलफल गर्न सभापति सुशील कोइरालाले केन्द्रीय कार्य समिति बैठक बोलाउनु भएको हो ।
तपाईको प्रतिक्रिया