Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– एकीकृत नेकपा (माओवादी)को केन्द्रीय समितिको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको छ । माओवादी केन्द्रीय सदस्य तथा पार्टी कार्यालय सचिव विकेश श्रेष्ठले बैठक स्थगित भएको र आगामी बैठकको मिति थप छलफलपछि मात्र तय गरिने बताएका छन् । केन्द्रीय समितिको बैठक स्थगित भए पनि पार्टीभित्र देखिएको विवादबारे पार्टीका शीर्ष नेताहरूबीच छलफल गरी बैठक गर्ने दिन तोकिने भएको छ ।
पार्टी भित्र संस्थापन पक्ष विरुद्ध वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले चार बुँदे र नौ बुँदे सहमति खारेज गर्न र १३ वटा विषयमा स्पष्ट जवाफ दिन अडान राखेपछि माओवादी बैठक अनिश्चित भएको छ । विवाद बढ्दै गएर पार्टी विभाजन हुने स्थितिमा पुगेको छ ।
सरकार गठन हुँदा मधेसवादी दलसँग भएको चारबुँदे सहमति, प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको बिपा सम्झौता र प्रमुख चार दलबीच भएको सातबुँदे सहमतिमा उपाध्यक्ष मोहन बैद्य पक्षले असन्तुष्टी राखेपछि त्यसको समाधानका लागि बैठक डाकिएको थियो ।
विवाद समाधानका लागि यसअघि पनि पटकपटक केन्द्रीय समितिको बैठक स्थगित हुँदै आएकोमा यस पटक अनिश्चितकालका लागि स्थगित भएको छ ।
तपाईको प्रतिक्रिया