Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- काठमाडौँ जिल्लाको सुरक्षा सम्वेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालयले भोलिदेखि लागू हुने गरी काठमाडौँका विभिन्न स्थानलाई निषेधित क्षेत्र तोकेको छ।
जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले राष्ट्रपति कार्यालयको कम्पाउन्ड दायाँबायाँ ५० मिटरसम्म, उपराष्ट्रपति कार्यालयको कम्पाउन्ड क्षेत्र, प्रधानमन्त्रीको निवास क्षेत्र बालुवाटार, माइतीघर मण्डलदेखि सिंहदरबार पश्चिम द्वारहुँदै पद्मोदय हाइस्कुल तथा माइतीघर मण्डलादेखि सिंहदरबार दक्षिण द्वारहुँदै हनुमानथानसम्म र सिंहदरबार पश्चिम द्वारदेखि भद्रकाली मन्दिरको पूर्व-दक्षिणी क्षेत्र नपुमर्दनी पेट्रोल पम्प क्षेत्रसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ।
त्यस्तै नयाँ बानेश्वर चोकबाट संविधानसभा भवनको पश्चिमबाटो हुँदै पश्चिम पर्खालको अन्तिम विन्दुसम्मको सडकको दायाँबायाँ किनारासम्मको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेयले बताए।
यसैगरी नयाँ बानेश्वर चोकदेखि अरनीको राजमार्ग हुँदै संविधानसभा भवनको दक्षिण पर्खालको अन्तिम विन्दुसम्मको राजमार्गको दायाँबायाँ दुवै किनारासम्मको क्षेत्र, नयाँ बानेश्वर चोकदेखि शङ्खमूल सडकतर्फ ५० मिटरस्रम्म, नयाँ बानेश्वर चोकदेखि माइतीघर मण्डलातर्फ अरनीको राजमार्गको ५० मिटरसम्म तथा संविधानसभा भवनको पश्चिम द्वार सिधा हनुमानथानतर्फको सडकको ५० मिटरसम्मको क्षेत्रलाई पनि निषेधित क्षेत्र तोकिएको कुरा जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सो कार्यालयका अनुसार अर्को आदेश नभएसम्मका लागि ती क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको हो।
तपाईको प्रतिक्रिया