Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
नयाँदिल्ली– बलिउड अभिनेत्री ऐश्वर्या रायले छोरी जन्माएलगत्तै इन्टरनेटमा सार्वजनिक गरिएको तस्बिर झुट रहेको खुलासा भएको छ । तस्बिरमा ऐश्वर्याले बच्चा बोकेको देखाइएको थियो ।
ऐश्वर्याका ससुरा बलिउड अभिनेता अमिताभ बच्चनले सार्वजनिक तस्बिर झुट रहेको भन्दै असली तस्बिर सार्वजनिक गरेका छन् । सार्वजनिक तस्बिर जोडजाड गरेर बनाइएको उनले ट्विटरमा उल्लेख गरेका छन् ।
अमिताभले असरी तस्बिर पत्ता लगाएकोमा उनको परिवारलाई धन्यवाद दिएका छन् । ३८ वर्षीया पूर्व विश्व सुन्दरी ऐश्वर्याले १६ नोभेम्बरमा मुम्बईस्थित सेभेन हिल्स अस्पतालमा छोरी जन्माएकी थिइन् । अमिताभले आफ्नी नातिनीको तस्बिर केही दिनमै मिडियाबाट सार्वजनिक गर्ने जानकारी दिएका छन् ।
यसैबीच अस्पतालबाट ऐश्वर्याको मंगलबार नै डिस्चार्ज गरिएको छ । ऐश्वर्या पति अभिनेता अभिषेक बच्चनले आफ्नी छोरीको घर प्रवेशले बच्चन परिवारमा खुशी छाएको उल्लेख गरेका छन् ।
तपाईको प्रतिक्रिया