Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
विराटनगर– एकीकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ले वर्तमान बाबुराम भट्टराई नेतृत्वको सरकार विघटन नभई शान्ति र संविधान निर्माण हुन नसक्ने बताउनुभएको छ ।
विराटनगर विमानास्थलमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले राष्ट्रघाती चारबुँदे सहमतिबाट बनेको वर्तमान सरकारले शान्ति र संविधान निर्माणको कार्य टुंगो लगाउन नसक्ने बताउनुभयो ।
बर्तमान सरकार विघटन गरी राष्ट्रिय सहमतिको सरकार निर्माण भएमात्र शान्ति टुंगो लागेर संविधान निर्माण हुने उहाँले आधार समेत प्रस्तुत गर्नुभयो ।
जायज कुरामा पार्टी भित्र आफूहरुको विरोध रहिरहने बताउँदै महासचिव थापाले पार्टीलाई   गलत तरिकाले चलाउन कुनै पनि हालतमा नदिने दाबी गर्नुभयो ।
नेता थापाले जनताले कब्जा गरेको सामन्तको जग्गा कुनै विकल्प विना फिर्ता गर्न नदिने र फिर्ता गर्न आउनेलाई लखेट्ने चेतावनी समेत दिनुभयो ।
सेना समायोजनका विषयमा सम्मानजनक समायोजनको पक्षमा आफूहरु रहेको उल्लेख गर्दै उहाँले अहिले सबै जनमुक्ति सेनाहरुले समायोजनमा जान चाहेको र पुनर्स्थापनामा जानेको संख्या शुन्य हुनुले उनीहरुको भावना समेट्न पार्टीलाई कठिन हुने बताउनुभयो ।
तपाईको प्रतिक्रिया