
महानगरीय प्रहरी परिसरका प्रवक्ता धिरजप्रताप सिंहका अनुसार नेपाल डिफेन्स आर्मी नामक भूमिगत संगठनले जिलेटिन बम विस्फोट गराएको हो । विस्फोटबाट कुनै भौतिक र मानवीय क्षति भएन ।
सिंहले त्योसहित विस्फोट भएको स्थान नजिकै नफडि्कएको अर्को बम घरेलु भएको जानकारी दिए । घटनास्थलमा नेपाल डिफेन्स आर्मीको पर्चा समेत भेटिएको छ ।