Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
धनकुटा- वर्षौंदेखि आफ्नै छोरीलाई यौन शोषण गरेको खुलासा भएपछि धनकुटाको सान्नेका ४३ वर्षीय देबेन्द्र अधिकारी सोमबार पक्राउ परेका छन् ।
अधिकारीकी १८ वर्षीया आफ्नै छोरीले सोमबार बिहान हिले प्रहरी चौकीमा उजुरी दिएपछि त्यहाँबाट गएको प्रहरी टोलीले अधिकारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बुबाले आफूलाई १४ वर्षकै उमेरदेखि जबर्जस्ती यौन शोषण गर्ने गरेको पीडित किशोरीले प्रहरीसमक्ष बयान दिएकी छन् । उनले बुबाले आफूलाई पटक-पटक गर्भवती बनाएर गर्भपतनसमेत गराएको जानकारी दिइन् । अधिकारीले पनि छोरीलाई वर्षौंदेखि यौन शोषण गरेको प्रहरीसमक्ष स्वीकार गरिसकेका छन् ।
आइतबार राति पनि आफू सुतिरहेको कोठामा आएर बुबाले बलात्कार गरेको उनको भनाइ छ । अस्वीकार गर्दागर्दै पनि बलात्कार गरेकाले पीडा खप्न नसकी जेसुकै परोस् भनेर सोमबार बिहानै घरबाट भागेको पीडित किशोरीले जनाइन् ।
छोरीले दिएको उजुरीको आधारमा अधिकारीविरुद्ध हाडनाता जबर्जस्ती करणीअन्तर्गत मङ्गलबार मुद्दा दायर गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विनोद शर्माले बताए ।
हाल अधिकारीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । अधिकारीका २ छोरा, १ छोरी र श्रीमती छन् । उनका एक छोरा रोजगारीको क्रममा विदेश गएका छन् ।
तस्बिर इन्टरनेटबाट लिइएको हो । -सम्पादक
तपाईको प्रतिक्रिया