Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– काठमाडौंको ठमेलका मसाजमा तपाईं कहिल्यै जानुभएको छ । छैन भने होस गर्नुस्, मसाज सेन्टर भनेर कोठीमा पुग्नुहोला ।
ठमेल पर्यटन विकास परिषद्ले त्यस क्षेत्रमा गरेको अनुगमनमा कण्डम, ‘ब्रा’ र ‘पेन्टी’ भेटेको छ । परिषद्को नेतृत्वमा सोमबार ठमेल क्षेत्रका सात मसाज पार्लरको अनुगमन गरिएको थियो । त्यसमध्ये दुईवटामा भने यौनजन्य क्रियाकलाप हुने गरेको पाइएको सदस्य सचिव राजुमान डङ्गोलले जानकारी दिनुभयो ।
अनुगमन टोलीले न्यू ट्रेडिसनल थेरापी मसाज पार्लर, मोनालिसा आयुर्वेदिक मसाज सेन्टर, हिमालयन आयुर्वेदिक हर्वल मसाज सेन्टर, इमेज आयुर्वेद मसाज सेन्टर, ठमेल स्पा एण्ड ब्युटी प्वाइन्ट, आयुर्वेद मसाज सेन्टर र ब्युटी एण्ड बडि केयर मसाज सेन्टरको अनुगमन गरेको थियो ।
श्रीप्रसाद गुरुङद्वारा सञ्चालित न्यू ट्रेडिसनल थेरापी मसाज पार्लर र माया कुँवरद्वारा सञ्चालित नरसिंहचोक भित्रको आयुर्वेद मसाज सेन्टरमा भने यौन क्रियाकलापमा प्रयोग हुने सामग्री भेटिएको थियो ।
परिषद्को नेतृत्वमा असोज २९ गतेदेखि गरिएको अनुगमनका क्रममा  ठमेल क्षेत्रमा सञ्चालित ६० प्रतिशत मसाज पार्लर मापदण्डविपरीत रहेको पाइएको हो ।
परिषद्का महासचिव एवम् अनुगमन टोलीका सदस्यसचिव राजुमान डङ्गोलका अनुसार त्यस क्षेत्रमा सञ्चालित २० प्रतिशत पार्लरले आंशिकरुपमा नियम पालना गर्ने गरेका छन् । पूर्णरुपमा मापदण्ड पूरा गरेका पार्लरको सङ्ख्या २० प्रतिशत छ ।
मसाज व्यवसाय सञ्चालकहरुले कानुनबमोजिम इजाजत लिनुपर्ने, सेवा प्रदान गर्दा प्रयोग गर्ने पोशाक अनिवार्य रुपमा लगाउनुपर्ने, पार्लरका लागि प्रयुक्त कोठाहरु खुला राख्नुपर्ने, सेवाग्राहीसँग लिइने शुल्क पारदर्शी हुनुपर्ने, १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई काममा लगाउन नहुनेलगायतका नियम पालना गर्नुपर्छ ।
आचार संहिता र नियम अनुसार मसाज व्यवसाय सञ्चालन भए नभएको सम्बन्धमा परिषद्, प्रहरी प्रशासन, महानगरपालिका, स्थानीय संघ संस्था र नागरिक समाजले केही दिन अघिदेखि निरन्तर ठमेल क्षेत्रमा अनुगमन गर्दै आएका छन् ।
सदस्य सचिव डङ्गोलले मापदण्ड विपरीत सञ्चालित मसाज पार्लरका सञ्चालकहरु नभेटिएको र मसाजका लागि भनी राखिएको ‘बेड’ र शौचालयबाट यौनजन्य क्रियाकलापमा प्रयोग गरिने सामग्री मात्र भेटाइएकाले कसैलाई पक्राउ नगरिएको बताउनुभयो ।
परिषद्ले दिएको जानकारी अनुसार उपत्यकामा करिब ९० को संख्यामा मसाज पार्लर सञ्चालनमा रहेका छन् । ठमेल क्षेत्रमा मात्रै ५५ पार्लर सञ्चालनमा छन् ।
तपाईको प्रतिक्रिया