Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
जुम्ला- नेपालगञ्जबाट मुगुको ताल्चा गएको मकालु एयरको जहाज दुर्घटनामा परेको छ। दुर्घटनामा चालक दलका सदस्य सहित ६ जना घाइते भएका छन् ।
९ एन ए जे एम कल साइनको उक्त जहाज नेपालगञ्जवाट चार्टर फ्लाईटमा ताल्चा उडेको उक्त विमानको अवतरणका क्रममा ब्रेक नलागेर दुर्घटना भएको मुगुका प्रमुख जिल्ला अधिकारी सुर्य वहादुर खत्रीले जानकारी दिए।
सुर्खेतबाट ४ बजे उडको उक्त विमान साढे ४ वजे दुर्घटना हुँदा क्याप्टेन प्रदीप जंग शाह गम्भीर घाइते भएका छन्। विमानमा अर्का पाइलट एसजी लामासहित ११ जना सवार थिए। यात्रुमध्ये करिब दुई वर्षे बालक पनि छन्। घाइतेहरुलाई उपचारका लागि नेपालगन्ज ल्याइएको छ।
३ वर्षअघि स्थापना भएको मकालु एयरले नेपालगञ्जलाई आधार मानेर मध्यपश्चिम तथा सुदुर पश्चिमका जिल्लाहरुमा यात्रु तथा कार्गो ओसार्दै आएको छ ।
तपाईको प्रतिक्रिया