Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न सरकारी संस्थानका महाप्रबन्धक तथा मन्त्रालयका सचिवहरुलाई जनगुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिनु भएको छ । सिंहदरबारमा सोमबार भएको छलफलमा विभिन्न २२ वटा विभाग तथा सम्बन्धित मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको थियो ।
छलफलमा विभिन्न निकायका महाप्रबन्धक तथा मन्त्रालयका सचिवहरुको प्रतिकृया पछि प्रधानमन्त्री भट्टराईले वर्तमान सरकारप्रति नेपाली नागरिकको ठूलो अपेक्षा रहेकोले त्यहि अनुरुप काम गर्न निर्देशन दिनु भयो । प्रधानमन्त्रीले ‘हेलो सरकार’ एउटा सुरुवात मात्रै भएको भन्दै यसलाई सबैले गम्भीर ढंगले लिनु पर्ने बताउनुभयो । उहाँले हेलो सरकार कक्षमा आउने हरेक गुनासोको तत्काल सम्बोधन गर्न निर्देशन दिँदै नागरिकको सेवालाई आफ्नो कर्तव्य र धर्म सम्झिन आग्रह गर्नु भयो ।
हेलो सरकारमा आएका गुनासाहरुको सम्बोधन जुन ढंगबाट हुनु पर्ने हो त्यो हुन नसकेको गुनासो आएको भन्दै प्रधानमन्त्री भट्टराईले अब निरन्तरतामा क्रम भंग गर्न आग्रह गुर्नभयो । उहाँले गुनासोको आधारमा तत्कालिन र दीर्घकालिन योजना बनाउन सचिव तथा महाप्रबन्धकहरुलाई निर्देशन दिनुभयो ।
छलफलमा सहभागिहरुबाट साधन श्रोतको अभावका कारण काम गर्न असजिलो भएको गुनासो आए पछि प्रधानमन्त्री भट्टराईले वर्तमान कार्यशैलीलाई परिवर्तन गर्ने हो भने पनि धेरै काम गर्न सकिने बताउनु भयो । छलफलमा मुख्य सचिव माधवप्रसाद घिमिरेले सचिव तथा महाप्रवन्धकहरुलाई नागरिक प्रति पूर्ण समर्पित र प्रतिवद्ध भएर काम गर्न निर्देशन दिनुभयो । घिमिरेले नागरिको सानो गुनासो पनि सम्बोधन गर्न नसके ठूलो योजना लिएर जाँदा कसैले पनि नपत्याउने भन्दै नागरिकको गुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिनुभयो ।
सरकारले स्थापना गरेको हेलो सेन्टरमा हाल दैनिक औसतमा दुई सय वटा गुनासो आउने गरेको छ । सुरुका दिनहरुमा दैनिक पाँच सयको औसतमा आउने गुनासोहरु अहिले घटेको हो । गुनासो मध्ये सबै भन्दा बढी गुनासा गृहमन्त्रालयसँग सम्बन्धित रहेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया