Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- राष्ट्रपति डा. रामबरण यादवले राज्य पुर्नसंरचना आयोग गठनबारे चासो राख्नु भएको छ । सोमबार बिहान प्रमूख प्रतिपक्षी नेपाली काँग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेलसँगको भेटमा राष्ट्रपति यादवले आयोग गठनका बारेमा चासो राख्नु भएको हो ।
राष्ट्रपति यादवले नेता पौडेलसँग आयोग गठनबारे दलहरुबीच भइरहेको छलफलबारे जानकारी लिनुभएको पौडेलले जानकारी दिनुभयो । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपतिसित भएको भेटमा राज्य पुर्नसंरचना आयोग गठन, सात बुँदे सहमति कार्यान्वयन लगायतका विषयमा राष्ट्रपतिले जानकारी लिएको काँग्रेस नेता पौडेलले बताउनुभयो ।
राष्ट्रपतिलाई शान्ति प्रक्रिया, संविधान निर्माण र दलहरुबीच भएका सहमति कार्यान्वयन हुने क्रममा रहेको जानकारी गराएको पौडेलले बताउनुभयो ।
तपाईको प्रतिक्रिया