Deneme Bonusu Veren Siteler
सोमबार, साउन ०७, २०८१
Monday, July 22, 2024
काठमाडौं- साउदी अरेबियामा एक पाकिस्तानी नागरिकलाई हत्या गरेको अभियोगमा त्यहाँको अदालतले एक नेपालीलाई मृत्युदण्डको फैसला सुनाएको छ ।
साउदीको विदेश मन्त्रालयले गम्भीर मुद्दामा परेका नेपालीको जानकारी रियादस्थित नेपाली दूतावासलाई दिने क्रममा उनलाई मत्युदण्डको फैसला गरेको थाहा भएको हो । मृत्युदण्डको फैसला सुनाइएका व्यक्तिमा उमेश यादव छन् । उनको उमेर, घर ठेगानालगायत अन्य कुनै विवरण खुलेको छैन ।
साउदीको विदेश मन्त्रालयले ५ दिन अगाडि अरबिक भाषामा पठाएको पत्रमा यादवको नाम थर र मृत्युदण्डको फैसला उल्लेख भएको दूतावासले जनाएको छ । यादवलाई कुन अदालतले कहिले फैसला गरेको हो भन्ने पनि मन्त्रालयको पत्रमा छैन ।
तपाईको प्रतिक्रिया