बिहिबार, मंसिर १४, २०८०
Thursday, November 30, 2023
काठमाडौं- समाजकल्याण परिषदको उपाध्यक्षबाट पूर्वप्रधानमन्त्री झलनाथ खनालका भाइलाई निलम्बन गरेलगत्तै बाबुराम भट्टराई सरकारको मारमा माधव नेपालका भाइ पनि परेका छन् ।
दाजु माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा नियमै मिचेर हङकङको महाबाणिज्यदूत बनेका विनोद उपाध्यायलाई बाबुराम सरकारले सरुवा गरेर सामान्य प्रशासनको जगेडामा पठाएको सार्वजनिक भएको छ ।
बिहीवारको मन्त्रिपरिषद् वैठकले ३१ सहसचिवको सरुवा गर्दा विनोदको पनि सरुवा भएको एक मन्त्रीले जानकारी दिए । प्राविधिक समूहमा रहेका उपाध्यायलाई नियम मिचेर तत्कालीन प्रधानमन्त्री नेपालले हङकङका लागि महाबाणिज्यदूत नियुक्त गरेका थिए ।
विनोद हङकङ गएपछि जनजाति समूदायबाट ठूलो असहयोग व्यहोर्नुपरेको थियो ।
तपाईको प्रतिक्रिया