शनिबार, मंसिर १६, २०८०
Saturday, December 2, 2023
खोटाङ- मौसमको प्रतिकूलताका कारण खाल्लेस्थित खानीडाँडा विमानस्थलमा उडान नभएपछि उपचारको अभावमा एक बिरामीको मृत्यु भएको छ ।
गत बिहीबार बेलुकी विष खाएर बेहोस भएकी दिक्तेल-४ की ३० वर्षीया देविका आचार्यलाई थप उपचारका लागि काठमाडौं लैजान शनिबार विमानस्थल पुर्‍याइएको थियो तर उडान नहुादा उनलाई सदरमुकाम फर्काउनु परेको थियो ।
आइतबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पारिवारिक विवादपछि विष खाएको तीन दिनसम्म पनि अडान नहुदा उपचारको अभावमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया