आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं- मिस नेपाल मलिना जोशी र सेकेन्ड रनरअप सरिना मास्के मिस वर्ल्ड र मिस इन्टरनेसनलमा भाग लिएर फर्केलगत्तै फस्ट रनरअप अनुपमा गुरुङ शनिबार मिस अर्थमा भाग लिन फिलिपिन्सको प्रस्थान गरेकी छन् ।
फिलिपिन्सको राजधानी मनिलामा डिसेम्बर ३ मा हुने मिस अर्थमा भाग लिन थाई एयरवेजबाट अनुपमा त्यस तर्फ प्रस्थान गरेकी हुन् । थाइल्यान्डमा आएको बाढीका कारण मिस अर्थ प्रतियोगिता फिलिपिन्समा सारिएको हो ।
प्रतियोगितामा ८० देशका सुन्दरी सहभागी हुनेछन् ।
तपाईको प्रतिक्रिया