Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025
सुनसरी- श्रीमतीले टुक्रा टुक्रा काटेर श्रीमानको हत्या गरेको तथ्य सवा तीन वर्षपछि खुलेको छ । श्रीमतीले श्रीमान‌को हत्या गरि कोठा भित्रै गाडेको अवस्थामा भेटिएपछि सुनसरीको श्रीपुर ३ का जगदिस दहियारको हत्याको रहस्य खुलेको हो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले जगदिसकी श्रीमती गीतादेबी दहियारलाई नियन्त्रणमा लिएको छ । सवा तीन वर्षपछि सक्रिय भएको प्रहरीले घर भित्रै खन्दा खप्पर, बंगारा हाफ पेन्ट र धोती फेला परेपछि प्रहरीले शरीरको थप भाग भेट्न सक्ने आशंकामा तीन दिन यता उहाँको घरको कोठाहरु तथा आसपासको क्षेत्रमा खन्ने कार्यलाइ जारी राखेको छ ।
गीतादेबी सहित अन्य चार जनाले ०६५ साउन २३ गते घरभित्रै जगदिसको हत्या गरेको जगदिसका आफन्त सुरेश दहियारले जिल्ला प्रहरी कार्यालय सुनसरीमा दिएको जाहेरीमा उल्लेख छ । साउन २३ गते हत्या गरेपछि जगदिसको शवलाई टुक्राटुक्रा पारेर घरभित्रै खाल्टो खनि गाडेको स्थानिय वासिन्दाहरुले पटक पटक प्रहरीमा लिखित र मौखिक उजुरी दिएका थिए ।
जाहरी दिएको सवा तीन वर्षसम्म पनि प्रहरीले सो घटनावारे कुनै सक्रियता देखाएको थिएन । साउन २३ पछि जगदिसकी श्रीमती गितादेवीले आफनो श्रीमान घरबाट भागेको बताउँदै आएकी थिइन् ।
प्रहरी उपरीक्षक राजु मानन्धरले घटनासाग समबन्धित अन्य बस्तु फेला पर्न सक्ने आशंकामा प्रहरीले चारवटा कोठा खन्ने काम सकेर अहिले कोठा आसपासका क्षेत्रमा खन्ने कार्यलाइ तीन दिनदेखी जारी राखेको जानकारी दिनुभयो । खप्पर सहितका बस्तुहरु फेला परेको घर आसपासका क्षेत्रलाई प्रहरीले गत शुक्रबारदेखि घेराहाली सुरक्षा दिइरहेको छ ।
बरामद भएका खप्परको पोष्टमार्टमपछि थप अनुसन्धानका लागि नेपाल प्रहरीको बिधी बिज्ञान प्रयोगशाला पठाइने प्रहरी उपरीक्षक मानन्धरले जानकारी दिनुभएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया