Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही सञ्चार माध्यम मुलुकमा भाँडभैलो मच्चाउन खोजेको आरोप लगाउनुभएको छ । सिंहदरबारमा पत्रकारसित प्रचण्डले केही संचार माध्यमले मुलुकको समस्या समाधान नहोस भन्ने ढंगले समाचार सम्प्रेषण गरेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो “अस्ती संविधानसभाबाट जुन निर्णय भयो, त्यो धेरै महत्वपूर्ण निर्णय हो । तर मैले केही मिडिया हेर्दा देशको समस्या समाधान नहोस देशमा भाँड भैलो भइरहोस भन्ने चाहेको जस्तो लागेको छ ।”
मुलुकको समस्या समाधान गर्न ठूलो मेहनत भैरहेको बताउँदै माओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो “देशलाई भीडन्ततिर लैजाने समाचार नलेख्न मिडियाका साथीहरुलाई आग्रह गर्छु ।”
तपाईको प्रतिक्रिया