Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
बर्दिवास– तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष एवम् सिँचाइ मन्त्री महेन्द्र राय यादवले शान्ति र संविधानका लागि सरकार एकदमै लचिलो भएर अघि बढेको बताउनुभएको छ ।
तमलोपा नेपाल महोत्तरीले आइतबार जलेश्वरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारले आम सहमतिका लागि संविधानको एघारौँ संशोधन प्रस्ताव फिर्ता लिएको प्रष्ट पार्नुभयो ।
पछिल्लोपटक शान्ति र संविधानका लागि आसलाग्दा काम अघि बढेको दाबी गर्दै मन्त्री यादवले सानातिना कुरामा खोचे नथाप्न सबै पक्षसँग आग्रह पनि गर्नुभयो ।
राज्य पुनःसंरचना आयोग गठन गरिने पछिल्लो सहमतिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध दलहरुमा सङ्घीयता र मधेसको हकहितमा काम नहुने हो कि भन्ने आशङ्का  बढेको उल्लेख गर्दै उहाँले सो आशङ्का निवारण गर्न प्रमुख दलहरुले फराकिलो छाती पार्नुपर्ने बताउनुभयो ।
तपाईको प्रतिक्रिया