Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– नेपाली काँगे्रसका महामन्त्री कृष्णप्रसाद सिटौलाले शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनका लागि कब्जामा रहेका घरजग्गा तथा सम्पत्ति फिर्ता गर्ने निर्णय कार्यान्वयन गर्नाको विकल्प नभएको बताउनुभएको छ ।
राजनीतिक दलबीच भएको सातबुँदे सहमतिअनुरूप एकीकृत नेकपा (माओवादी)ले कब्जा गरेका घरजग्गा फिर्ता गर्ने सरकारको निर्णयानुसार एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग कैलाली जाने तयारीमा रहनुभएका महामन्त्री सिटौलाले सिंहदरवारमा पत्रकारसँग यस्तो बताउनुभएको हो ।
उहाँले सातबुँदे सहमति कार्यान्वयन गराउने दिशामा एमाओवादी वैद्य पक्षको असहमति भए पनि त्यो उसकै पार्टीभित्रको आन्तरिक समस्या भएको भन्दै निर्णय कार्यान्वयनका लागि वस्तुस्थिति बुझ्न कैलाली जाने निधो भएको जानकारी दिनुभयो ।
द्वन्द्वकालमा कब्जा गरिएका चलअचल सम्पत्ति फिर्ता गर्ने निर्णय कार्यान्वयन हुनाको विकल्प छैन भन्दै महामन्त्री सिटौलाले भन्नुभयो- ‘दलहरूबीच भएको पछिल्लो सहमतिमा घरजग्गा फिर्ता गराउने निर्णय लिइसकेकाले यसलाई प्रभावकारीरूपमा कार्यान्वयन गराउन सबै सरोकारपक्ष अग्रसर हुनुपर्छ ।’
तपाईको प्रतिक्रिया