Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठकले राज्य पुनःसंरचना आयोगलाई भोलिसम्ममा टुङ्गो लगाउने निर्णय गरेको छ ।
शान्ति मन्त्रालय, सिंहदरबारमा आज बिहान बसेको सो बैठकमा संयुक्त मधेसी मोर्चासँग पनि यस विषयमा छलफल गरिने र प्रत्येक पार्टीले आयोगमा राखिने विज्ञ सदस्यहरुको नाम तय गरी भोलिको बैठकबाट निर्णय लिइने बैठकपछि नेताहरुले बताउनुभयो ।
तीनदल र मधेसी मोर्चाबीच गत शुक्रबार तीन दिनभित्र राज्य पुनःसंरचना आयोग गठन गर्ने सहमति भएको थियो । नेपालको अन्तरिम संविधानको धारा १३८ मा सङ्घीय राज्य निर्माणका लागि विज्ञहरु सम्मिलित राज्य पुनःसंरचना आयोग गठन गर्नुपर्ने कुरा उल्लेख गरिएको छ ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एकीकृत नेकपा -माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले सबै पार्टीहरु गम्भीर भई शान्ति प्रक्रिया र संविधान निर्माणमा अघि बढेको बताउनुभयो ।
अध्यक्ष दाहालले जग्गा फिर्ताको कार्य प्रारम्भ गर्न आज आफू जिल्लातर्फ जान लागेको पनि जानकारी दिनुभयो । बैठकमा प्रत्येक दलबाट तीनजना विज्ञको नाम प्रस्तुत गरिने र समावेशी आधारमा बढीमा सात सदस्यीय आयोग गठन गरिने सहमति भएको बताइएको छ ।
तपाईको प्रतिक्रिया