Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन २४, २०८१
Thursday, October 10, 2024
काठमाडौं– सातबुँदे सहमति अनुसार सशस्त्र विद्रोहका बेलादेखि एकीकृत नेकपा माओवादीले कब्जा गरेको घरजग्गा फिर्ताको प्रकृया आजदेखि सुरु हुँदैछ ।
सबैभन्दा धेरै जग्गा कब्जा भएको भनिएको बर्दियाबाट फिर्ताको काम सुरु हुन लागेको हो । तर बर्दियामा कति घर जग्गा कब्जा भएको छ भन्ने विषयमा अहिलेसम्म कुनै तथ्याङ्क छैन । जिल्ला प्रशासन कार्यालयमा झण्डै दुई सय भन्दा बढीले घरजग्गा फिर्ताका लागि निवेदन दिएका छन ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो बर्दियाबाट कब्जा घरजग्गा फिर्ताको प्रकृया सुरु गर्ने कार्यक्रम छ । त्यसका लागि बिहान माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस र एमालेका शीर्ष नेताहरु सहित बर्दिया जानु हुनेछ ।
तपाईको प्रतिक्रिया