Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी मंसिर १४ पछि संविधानसभाको म्याद छ महिना थपिएर आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने दावी गर्नु भएको छ ।
‘मेरै नेतृत्वमा शान्ति र संविधानको काम पुरा हुन्छ । मंसिर १४ गतेपछि संविधानसभाको म्याद ६ महिना थपिन्छ र काग्रेस एमाले पनि सरकारमा आउँछन,’ शनिबार राति एक टेलिभिजन अन्तर्वार्तामा उनले भने ।
प्रधानमन्त्रीले बाहिरी रुपमा कांग्रेस र एमालेले सरकारको विरोध गरे पनि त्यो प्रतिपक्षको धर्म भएको भन्दै भित्री रुपमा आफू नेतृत्वको सरकारमा आउने सहमति बनिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुशीलजी, झलनाथजी र मधेसी मोर्चाले सरकारमा आउने सहमति गरिसक्नु भएको छ तपाईहरुले छिट्टै परिणाम देख्नु हुनेछ ।’
पार्टीभित्रको आन्तरिक विवादले आफू नेतृत्वको सरकारलाई कुनै असर नपार्ने भन्दै बरिष्ठ उपाध्यक्ष मोहन बैद्य ‘किरण’ समूहसँग पनि सरकारलाई समर्थन गर्नुको विकल्प नभएको दावी गर्नुभयो । उहाँले केन्द्रीय समितिको बैठकले पनि यही सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा रुपान्तरण गर्ने निर्णय गर्ने दावी गर्दै धोवीघाटमा आफूले कसैलाई धोका नदिएको बताउनुभयो । उहाले भन्नुभयो–‘आन्तरिक सक्ति सन्तुलनमा कहिले को सँग त कहिले को सँग सहमति हुन्छ ।’
उहाँले विज्ञ समूह गठन गर्ने र फेरि राज्यपुर्नसंरचना आयोग गठन गर्ने निर्णय दलहरुको भएकोले अन्तरिम संविधान संसोधन विद्येयक फिर्ता लिदैमा आफ्नो नैतिकताको प्रश्न नउठ्ने भन्दै आफूले पदबाट राजिनामा नदिने स्पष्ट पार्नुभयो ।
उहाँले सोमबार मन्त्रिपरिषद् बैठकले राज्यपुनर्संरचना आयोग गठन गर्ने जानकारी दिँदै आर्थिक, सामाजिक, द्वन्द्व र सीमा बुझेका विभिन्न क्षेत्रका विज्ञहरुलाई राखेर आयोग गठन गर्ने बताउनुभयो । उहाँले आयोगको प्रतिवेदन कार्यान्वयन गर्नै पर्छ भन्नेकुनै बाध्यता नरहेको समेत स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्रीले ठूलो मन्त्रिपरिषद गठन गर्नु बाध्यता र समयको आवश्यकता भएको भन्दै अहिलेको मन्त्री परिषदलाई जम्बो भन्न नमिल्ने तर्क गर्नु भयो ।
उहाँले पहिलो र महत्वपूर्ण कुरो शान्ति र संविधान भएको अवस्थामा मन्त्री परिषदको संख्याको विषय ठूलो नभएको भन्दै तत्कालिन समयमा २०५ संसदमा ४८ जनाको झण्डै २३ प्रतिसतको मन्त्री परिषद बनेको र अहिले ६०१ सभासदमा ४९ जनाको ८ प्रतिशतको मात्रै सरकार भएकोले यो ठूलो हुनै नसक्ने दावी गर्नु भयो ।
लडाकु बर्गीकरण कार्यलाई कसैले पनि रोक्न नसक्ने भन्दै प्रधानमन्त्रीले लडाकु ‘चेन अफ कमाण्ड’मा चल्ने भएकोले अवरोध रहित ढंगले बर्गीकरण हुने बताउनुभयो । उहाँले बर्गीकरणलाई शान्ति प्रक्रियामा गुणात्मक फड्को रुपमा समेत ब्याख्या गर्नुभयो ।
छिट्टै चीन र भारतका प्रधानमन्त्री नेपाल भ्रमणमा आउने उल्लेख गर्दै त्यसपछि नेपालको आर्थिका क्रान्तिको रेखा कोरिने विश्वास ब्यक्त गर्नुभयो । उहाँले आफू नेतृत्वको सरकार अन्र्तराष्ट्रिय जुटाउन अहिलेसम्मकै सफल सरकार भएको दावी गर्दै छिट्टै भारतीय अर्थमन्त्री नेपाल आएर दोहोरो कर अन्त्य सम्बन्धी सम्झौता हुने जानकारी पनि दिनुभयो ।
तपाईको प्रतिक्रिया