Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

दुबई – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनआरएनए एनसीसी) यूएईले बिट डायबेटिज वाल्कथन २०११ मा सहभागीता जनाएको छ ।

डायबेटिज अर्थात् मधुमेह रोगको बारेमा जनचेतना जगाउने उद्देश्यले ल्याण्डमार्क ग्रुपले हिजो शुक्रबार १८ नोभेम्बर २०११ का दिन आयोजना गरेको उक्त वाल्कथनमा करिब १२ हजार व्यक्तिले ३.१ किमी मार्च गरेका थिए । निःशुल्क डायबेटिज परिक्षणसँगै दुबईको ओआसिस सेन्टरबाट सुरु भएको उक्त वाल्कथनमा यूएईमा कार्यरत विभिन्न मुलुकका व्यक्तिहरूमाझ नेपालीहरूको पनि उपस्थिति रहेको थियो ।

यूएईको जनसंख्याको १९.२ प्रतिशत व्यक्ति मधुमेह रोगबाट प्रभावित रहेका छन् । इन्टरनेशनल डायबेटिज फेडेरेशनको रिपोर्टस अनुसार यूएईलगाएत मध्यपूर्व तथा उत्तर अफ्रीका क्षेत्रका टिनेजर र ३० वर्ष मुनिका व्यक्तिहरू डायबेटिजबाट प्रभावितहुने क्रम बढ्दै गएको छ ।

एनआरएनए एनसीसी यूएईका अध्यक्ष चन्द्रबहादुर रोकाहा, महासचिव सन्तोष प्रसाई, सचिव जगत आचार्य, प्रवक्ता निमेष गिरी, सदस्यहरू किशोर घिमिरे, प्रदिप पौडेल, नारायण शर्मा, टुकनारायण जैसी, रमेश श्रेष्ठ, सल्लाहकार रविन्द्र पौडेल, एनआरएनए आइसीसीका मध्यपूर्व सहसंयोजक लोकानाथ सुवेदी, एनआरएन विकास कट्टेल, अर्चना बस्नेत, यशोदा ढकाल, ममता रावत लगाएत अन्य नेपालीहरूले उक्त बिट डायबेटिज वाल्कथन २०११ मा सहभागीता जनाएका थिए ।

 

 

 

 

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया