Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– राष्ट्रपति रामवरण यादवले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन आयोजना गर्नुभएको मुख्य दलका नेताहरुसँगको छलफलको समाचार सङ्कलनमा गएका सञ्चारकर्मीलाई सुरक्षाकर्मीले अभद्र व्यवहार गरेका छन् ।
ढोकामा बसेका सुरक्षाकर्मीले कहाँ जान लागेको भन्दै औँला ठड्याएर सञ्चारकर्मीलाई राष्ट्रपति भवन र नेताहरुका गाडी छायाङ्कन गर्नबाट रोक्दै पत्रकारका लागि मिडिया सेन्टरको व्यवस्था गरिएकाले त्यतै बस्न भनेका थिए ।
मिडिया सेन्टरमा बसिरहेका सञ्चारकर्मीले छलफलबाट बाहिरिएका नेताहरुको बाइट मिडिया सेन्टरमा आएपछि मात्रै लिने अडान लिएका थिए । सञ्चारकर्मीले छलफलमा सहभागी भएर फर्केका एकीकृत नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालको बाइट बहिष्कार गरेका थिए ।
छलफलबाट बाहिरिएका एमाले अध्यक्ष खनालले सञ्चारकर्मी त आउनुभएन भन्दै गाडी चढेर बाहिरिनुपरेको थियो । मिडिया सेन्टरमा आएपछि मात्र बाइट लिने सञ्चारकर्मीको अडानपछि छलफलमा सहभागी संयुक्त मधेसी मोर्चाका प्रतिनिधि एवम् उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार मिडिया सेन्टरमै आएर प्रतिक्रिया दिए ।
तपाईको प्रतिक्रिया