काठमाडौं— मुख्य चार राजनीतिक शक्तिले शान्ति र संविधान लेखन प्रकृयालाई निष्कर्षमा पुर्याउने प्रतिवद्धता दोहोर्याएका छन । राष्ट्रपति डा. रामवरण यादवसँग शनिबार बिहान भएको संयुक्त भेटमा उनीहरुले शान्ति र संविधान निर्माणको काम निष्कर्षमा पुर्याउने प्रतिवद्धता जनाएका हुन ।
राष्ट्रपतिले संविधानसभाको म्याद सकिन लागेको, शान्ति र संविधानको काम पुरा नभएको र विभिन्न सहमतिको कार्यान्वयनका विषयमा जिज्ञासा राख्नु भएको थियो । शीर्ष नेताहरुले संविधान सभाको म्याद ६ महिना थप्नेमा दुईमत नभएको र त्यसको विकल्प समेत नभएको बताएको फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदारले जानकारी दिनुभयो । उहाँले कात्तिक १५ गते र हिजो भएका सहमतिले शान्ति र संविधानलाई अगाडी बढाउन सहज भएको आफूहरुले राष्ट्रपतिलाई प्रष्ट पारेको बताउनुभयो ।
राष्ट्रपतिलाई भेट्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति सुशील कोईराला, नेकपा एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाको तर्फबाट मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार शनिबार बिहान शितल निवास पुगेका थिए ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, मंसिर ०३, २०६८
प्रकाशित समय: ८:०५:२७