मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024
काठमाडौं- संविधान संसोधन गरेर राज्य पुनर्संरचना लागि विज्ञ समूह बनाउन मुख्य तीन दलले कार्यविधि पारित गरेका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेको बैठकले विज्ञ समूहको कार्यविधि पारित गरेको एमाले नेता भिमबहादुर रावलले जानकारी दिनुभयो ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कार्यविधि धेरै पक्षसँग परामर्श गरेर बनाइएकोले संसद बैठकले आज संविधान संसोधन गर्ने बताउनुभयो । उहाँका अनुसार राज्यपुनर्संरचना समितिको प्रतिवेदन, त्यसमा रहेका फरक मत, संविधानसभामा उठेका प्रश्न, जनजाति सभासदले उठाएका मागलाई सम्बोधन गर्नेगरी विज्ञ समूहले सुझाव दिनेछ ।
त्यस्तै  राज्य पुनर्संरचनाको आधार सामथ्र्य र पहिचान तथा अन्तरिम संविधानको धारा १ सय ३८ को मर्म अनुसार विज्ञ समूहले सुझाब दिनेछ । आदिवासी जनजाति सभासद्हरुसँग आजै यस विषयमा छलफल हुने उहाँले बताउनु भयो ।
माओवादीको वैद्य समुह लगायत जनजाति सभासदहरुले विज्ञ समुहलाई प्राविधिक समिति मात्रै बनाउनु पर्ने र त्यसै अनुसार कार्यविधि तोक्नुपर्ने बताउँदै आएका छन् ।
तपाईको प्रतिक्रिया