Deneme Bonusu Veren Siteler
शनिबार, चैत्र ०१, २०८१
Saturday, March 15, 2025
काठमाडौं- महानगरपालिकाले २४ सै घन्टा चलाउने गरी मेट्रो बस ल्याउने तयारी गरेको छ । एकै पटक धेरै यात्रु ओसार्ने उद्देश्यले सञ्चालन गरिएको मेट्रो बस दुईतले हुने छ ।
यसका लागि महानगरपालिकाले इच्छुकलाई इच्छापत्र बुझाउन आह्वान समेत गरिसकेको छ । कात्तिक १ गते गरिएको आह्वानपछि जय जनता नामको कम्पनीले इच्छा देखाएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीलाई उद्यृत गर्दै कान्तिपुर दैनिकले जनाएको छ । ‘धेरै यात्रु एकै पटक बोक्न सकियोस् भनेर दुईतले बस सञ्चालनका लागि हामीले काम सुरु गरेका छौं,’ उनले भने, ‘सुरुमा कम्तीमा १० बस ल्याउन लगाउने योजना छ ।’
जय जनताको प्रस्ताव राम्रो लागे बस सञ्चालन गर्न पाउने उनले बताए । ‘योग्य नभए पुनः आह्वान गर्छौं,’ उनले भने, ‘त्यसबाट एउटा कम्पनी छनोट गर्छौं ।’ छनोट भएको कम्पनीले आफ्नै लगानीमा बस ल्याउनुपर्छ । यसबाट हुने आम्दानी पनि त्यही कम्पनीले पाउने छ ।
‘राजधानीमा साना साधन भएका र सवारी चाप बढी देखिएकाले यस्तो गर्न लागेका हौं,’ उनले भने, ‘महानगरपालिकाले बस सञ्चालन गर्ने कम्पनीलाई रुट उपलब्ध गराउने, वाषिर्क करमा छुट दिने लगायत व्यवस्था गर्ने छ ।’ यस्तो बसमा करिब ८० जना यात्रु बस्न मिल्ने उनले बताए । हाल एउटामा २०/३० जना यात्रु मात्र चढ्न मिल्ने हुँदा बढेको सवारी चाप नियन्त्रणमा यसले सहयोग पुर्‍याउने उनले बताए । राति पनि सञ्चालन हुने भएकाले सुरक्षाको व्यवस्थाको जिम्मा नेपाल प्रहरीलाई दिने तयारी गरिएको छ । ‘महानगरीय प्रहरी कार्यालयले एउटा बसमा एक जना प्रहरी दिन सहमति जनाएको छ,’ उनले भने, ‘राति सञ्चालन हुने बसमा उनीहरू बस्ने छन् ।’
राति राजधानी आएका, अफिसबाट ढिलो फर्कने व्यक्तिहरुलाई रात्रिकालीन बस सेवाले सहयोग पुग्ने उनले बताए । ‘राति आवश्यकता अनुसार २/३ बस मात्र सञ्चालन हुने छन्,’ उनले भने, ‘विभिन्न स्टेसनमा कुन समयमा बस आइपुग्छ पहिले नै जानकारी गराइने छ ।’ यसरी सञ्चालन हुने बस साना रुटमा भने चल्ने छैनन् । चक्रपथका साथै ‘क’ वर्गमा राखिएका ठूला सडकमा बस सञ्चालन हुने छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया