Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– जापान सरकारले काठमाडौँ उपत्यकाका होटल तथा रेस्टुरेन्टमा काम गर्ने बालश्रमिकलाई न्युनीकरण र उनीहरूको संरक्षणका लागि एक करोड बराबरको सहयोग प्रदान गर्ने भएको छ ।
जापानी दूतावासद्वारा आयोजित पत्रकारसम्मेलनमा सो कुराको जानकारी गराइएको हो । नेपालका लागि जापानी राजदूत कुमिनो ताकासी र जापानी गैरसरकारी संस्था सपला नीरको नेपाली प्रतिनिधि हिरोमी कात्सुइले सहयोगसम्बन्धी पत्रमा हस्ताक्षर गर्नुभयो ।
काठमाडौँ उपत्यकाका जिल्ला शिक्षा कार्यालय र सिविन नेपालले संयुक्त रुपमा सो काम गर्ने जानकारी पत्रकार सम्मेलनमा गराइएको हो । सन् १९९४ देखि नेपालमा काम गर्दै आएको सपला नीरले पछिल्लो पटक बालअधिकारको क्षेत्रमा काम गर्न लागेको सो संस्थाकी नेपाल प्रतिनिधि कात्सुईले बताउनुभयो ।
तपाईको प्रतिक्रिया