Deneme Bonusu Veren Siteler
शनिबार, चैत्र ०१, २०८१
Saturday, March 15, 2025
मलेसिया- मलेसियामा ज्यान गुमाएका एक नेपालीको शव आठ महिना बित्दा पनि नेपाल ल्याउन सकिएको छैन । लमजुङको गौडा गाविस ९ का मनिराज घलेको शव आठ महिनादेखि मलेसियाको पेतालिङ्जयाको अस्पतालमा रहेको छ ।
चार वर्ष अघि भ्रमण भिसामा मलेसिया पुगेका मनिराज अवैधानिक रुपमा मलेसियामै कार्यरत रहेको रामचन्द्र नेपालले जानकारी दिनुभयो । अवैधानिक रुपमा अर्कै व्यक्तिको पासपोर्टको फोटोकपि पेस गरेर काम गरेको हुँदा मृतकको वास्तविक नाम र घरको ठेगाना नमिलेपछि शव नेपाल पठाउन समस्या परेको मृतकका दाजु गमबहादुर घलेले बताउनुभयो ।
मृतक घले गत वर्ष चैत २० गते देखि सम्पर्कबिहिन हुनुभएको थियो । त्यसको झण्डै दुई हप्ता पछि घले आफैले काम गर्ने घरको अन्डर ग्राउन्डमा झुन्डिएको अवस्थामा भेटिएको रामचन्द्र नेपालले जानकारी दिनुभयो । उहाँको मृत्युको कारण हालसम्म थाहा हुन सकेको छैन ।
आफ्ना भाईको शव नेपाल पठाउन सहयोग गरिदिन मृतकका दाजु गम वहादुरले सबैसँग अपिल गर्नुभएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया