सुनसरी- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले राजनीतिक क्षेत्र असफल भएकाले मुलक असफल भएको बताउनु भएको छ ।
सुनसरीको इटहरीमा आजदेखि सुरु पुर्वाञ्चल क्षेत्रिय महोत्सवको उद्घाटन गर्दै मन्त्री गच्छदारले जिम्वेवार दलका जिम्वेवार नेताहरुले जिम्वेवारी पुरा नगर्दा मुलुकको यो अवस्था भएको दावि गर्नुभयो ।
मुलुक अहिले कठिन अवस्थामा रहेको भन्दै गच्छदारले सवै दलका सबैनेताहरुले विगतका गल्ति कमजोरीलाई सच्याएर शान्ति र संविधानका लागि प्रतिबद्धहुनु पर्ने बताउनु भयो ।
मुलकको विकासका लागि अर्थिक विकास महत्वपुर्ण रहेको भन्दै गच्छदारले विकासमा राजनीति नगर्न दलका नेताहरुलाई आग्रह गर्नुभयो । उहाले राजनीतिकै कारण अरुण तेस्रो परियोजना गुमेकाले मुलुकमा अहिले लोडसेडिङको भार बढेको बताउनु भयो ।
उहाले सरकार र नीजिक्षेत्रको सहकार्यलाई बलियो बनाउनु पर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइला, उद्योग बाणिज्य महासंघका कार्यवहबाक अध्यक्ष भाष्करराज राजकणिर्कार, पुर्वाञ्चलका क्षेत्रिय प्रशासक धरणीधर खतिवडा लगायतले महोत्सवको सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।